नियम
अतिरिक्त हुलाक खुला रहने समय

(१) अतिरिक्त हुलाक खुला रहने समय क्षेत्रीय हुलाक निर्देशकले तोकिदिए बमोजिम हुनेछ ।
तर कुनै पनि अवस्थामा सो समय दिनको दुई घण्टाभन्दा कम हुनु ह“ुदैन ।
(२) अतिरिक्त हुलाक खुला रहने समयको सम्बन्धमा अतिरिक्त हुलाक बाहिर सबैले देख्ने गरी स्पष्ट र ठूलो अक्षरमा सूचना टा“स्नुपर्छ र समय परिवर्तन गर्नु पर्ने भएमा त्यसको जानकारी कम्तीमा सात दिन अगावै प्रकाशित गरिसक्नु पर्नेछ ।